गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश, पोखरा, नेपालबाट सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम खरिद प्रयोजनका लागि खरिदको प्रकृति अनुसार मालसामान आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता तथा गैर-सरकारी संस्थाहरूलाई सूचिकृत (Vendor Registration) गर्न यो सूचना प्रकाशित गरिएको छ।
इच्छुक व्यक्ति वा संस्थाहरूले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १५(१) बमोजिम तल उल्लेखित कागजातहरू सहित निवेदन पेश गरी सूचिकृत हुन अनुरोध गरिन्छ।

आवश्यक कागजातहरू
- सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची–२(क) बमोजिमको निवेदन
- फर्म वा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि
- नवीकरण तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
अतिरिक्त जानकारी
- सूचिकृत प्रक्रिया गण्डकी विश्वविद्यालयको खरिद व्यवस्थापन प्रणाली अन्तर्गत लागू हुनेछ।
- आवश्यक कागजात अपूर्ण भएको अवस्थामा निवेदन अस्वीकार हुन सक्नेछ।
- विश्वविद्यालयले आवश्यकतानुसार थप जानकारी माग गर्न सक्नेछ।
सूचनाकर्ता
गण्डकी विश्वविद्यालय
रजिष्ट्रार कार्यालय
पोखरा, गण्डकी प्रदेश, नेपाल

No responses yet